YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:18-24

भजनसंग्रह 119:18-24 NCV

मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ। यस पृथ्वीमा म एउटा परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्! हरपल तपाईंका नियमहरू जान्‍ने तिर्सनाले मेरो प्राण छटपटिन्छ। ती अहङ्कारीहरू, जो श्रापित छन्; र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ। मबाट तिनीहरूका गिल्‍ला र तिरस्कार हटाउनुहोस्; किनकि म तपाईंका कानुनहरू पालन गर्दछु। शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ। तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्‍लाहकारहरू हुन्।

भजनसंग्रह 119 पढ्नुहोस्