YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:18-24

भजनसंग्रह 119:18-24 NERV

हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ। मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्, किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।

भजनसंग्रह 119 पढ्नुहोस्