भजनसंग्रह 119:18-24
भजनसंग्रह 119:18-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका उदेकका कुराहरू देख्न सकूँ। म त पृथ्वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्। तपाईंका नियमहरू जान्नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्छ। तपाईं अहङ्कारीहरूलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्छन्। गिल्ला र लाञ्छना मबाट हटाइदिनुहोस्, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्द हुन्, ती मेरा सल्लाहकार हुन्।
भजनसंग्रह 119:18-24 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस्, ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ। म यस पृथीवीमा भौतारी हिँड्ने परदेशी जस्तै हुँ। मैले तपाईँका आज्ञाहरू जान्नु परेको छ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्। म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु। हे परमप्रभु! तपाईंले अहंकारी मानिसहरूलाई निन्दा गर्नुभयो। अनुचित घटनाहरू तिनीहरूतर्फ घट्नेछन्, किनकि तिनीहरूले तपाईंका आज्ञाहरू पालन गर्न अस्वीकार गरे। मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु। अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु। तपाईंको करार मेरो सल्लाहाकार हो। यसले मलाई हितकारी परामर्श दिंदछ।
भजनसंग्रह 119:18-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्यवस्थामा उदेकका सत्यताहरू देख्न सकूँ। म थोरै समयको लागि यस पृथ्वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्न चाहन्छु, ती जान्नलाई मेरो मन छट्पटाउँदछ। तपाईंले अहङ्कारीलाई हकार्नुहुन्छ, तपाईंको आज्ञा नमान्नेहरूले सराप पाउँछन्। तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्यवस्थाहरू मानेको छु। शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु। तपाईंका अर्तीमा म आनन्द पाउँदछु, तिनमा मैले सल्लाहका कुरा पाउँदछु।
भजनसंग्रह 119:18-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ। यस पृथ्वीमा म एउटा परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्! हरपल तपाईंका नियमहरू जान्ने तिर्सनाले मेरो प्राण छटपटिन्छ। ती अहङ्कारीहरू, जो श्रापित छन्; र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ। मबाट तिनीहरूका गिल्ला र तिरस्कार हटाउनुहोस्; किनकि म तपाईंका कानुनहरू पालन गर्दछु। शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ। तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्लाहकारहरू हुन्।