YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:18-24

भजनसंग्रह 119:18-24 NNRV

मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्‍यवस्‍थाका उदेकका कुराहरू देख्‍न सकूँ। म त पृथ्‍वीमा एक प्रवासी हुँ, तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्‌। तपाईंका नियमहरू जान्‍नलाई मेरो प्राण सधैँ तिर्खाएको हुन्‍छ। तपाईं अहङ्कारीहरूलाई हप्‍काउनुहुन्‍छ, जो श्रापित छन्‌, र जो तपाईंका आज्ञाहरूबाट तर्केर हिँड्‌छन्‌। गिल्‍ला र लाञ्‍छना मबाट हटाइदिनुहोस्‌, किनकि म तपाईंका कानूनहरू पालन गर्दछु। शासकहरू बसेर मेरो विरुद्धमा कुरा गर्छन्‌, तापनि तपाईंको दासले तपाईंका विधिमाथि मनन गर्नेछ। तपाईंका कानूनहरू मेरो आनन्‍द हुन्‌, ती मेरा सल्‍लाहकार हुन्‌।