YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:18-24

भजनसंग्रह 119:18-24 सरल नेपाली

मेरा आँखा खोलिदिनुहोस् र मैले तपाईंको व्‍यवस्‍थामा उदेकका सत्‍यताहरू देख्‍न सकूँ। म थोरै समयको लागि यस पृथ्‍वीमा छु, तपाईंका आज्ञाहरू मदेखि नलुकाउनुहोस्। म सबै समय तपाईंका निसाफहरू जान्‍न चाहन्‍छु, ती जान्‍नलाई मेरो मन छट्‌पटाउँदछ। तपाईंले अहङ्कारीलाई हकार्नुहुन्‍छ, तपाईंको आज्ञा नमान्‍नेहरूले सराप पाउँछन्। तिनीहरूका मेरो अपमान र तिरस्कारबाट मलाई छुटाउनुहोस्। किनभने मैले तपाईंका व्‍यवस्‍थाहरू मानेको छु। शासकहरूले भेट-घाट गर्छन् र मेरा विरुद्धमा जाल गर्छन्, तर म तपाईंका शिक्षाहरूमा मनन गर्नेछु। तपाईंका अर्तीमा म आनन्‍द पाउँदछु, तिनमा मैले सल्‍लाहका कुरा पाउँदछु।

भजनसंग्रह 119 पढ्नुहोस्