YouVersion लोगो
खोज आइकन

मत्ती 17:14-23

मत्ती 17:14-23 NCV

जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो, “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्‍ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।” येशूले जवाफ दिनुभयो, “ए अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो। तब चेलाहरूले गुप्‍तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्‍वासको कमी छ। तिमीहरूलाई साँच्‍चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्‍वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्‍न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन। तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।” उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।

मत्ती 17 पढ्नुहोस्