YouVersion लोगो
खोज आइकन

मत्ती 17:14-23

मत्ती 17:14-23 NNRV

तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्‍यो, “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्‍यसलाई छारेरोग लागेको छ, र ठूलो कष्‍ट भोग्‍दैछ। त्‍यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्‍छ। मैले त्‍यसलाई तपाईंका चेलाहरूकहाँ ल्‍याएँ, तर तिनीहरूले त्‍यसलाई निको पार्न सकेनन्‌।” तब येशूले भन्‍नुभयो, “ए अल्‍पविश्‍वासी र भ्रष्‍ट पुस्‍ता, कहिलेसम्‍म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्‍म मैले तिमीहरूलाई सहनु? त्‍यसलाई यहाँ मकहाँ ल्‍याओ।” येशूले त्‍यसलाई हकार्नुभयो, र भूतात्‍मा त्‍यसबाट निस्‍किगयो। त्‍यो केटो तुरुन्‍तै निको भयो। तब चेलाहरूले येशूकहाँ गुप्‍तमा आएर भने, “हामीहरूले त्‍यसलाई किन निकाल्‍न सकेनौं?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका अल्‍पविश्‍वासको कारणले हो। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्‍वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्‍यौ भने त्‍यो हटिजानेछ। र तिमीहरूका निम्‍ति केही असम्‍भव हुनेछैन। [तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्‍लँदैन।”] उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्‍नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्‍पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।” अनि तिनीहरू अत्‍यन्‍त दुःखित भए।