मत्ती 17:14-23
मत्ती 17:14-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, तब एक जना मानिसले येशूकहाँ आएर उहाँको सामु घुँडा टेकेर भन्यो, “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्। उसलाई छारेरोग लागेको छ, र उसले धेरै कष्ट पाइरहेछ। ऊ घरी-घरी आगोमा अथवा पानीमा लड्छ। मैले उसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।” येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला? र तिमीहरूलाई सहुँला? त्यस केटोलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो। तब चेलाहरूले गुप्तमा येशूकहाँ आएर सोधे, “हामीले किन त्यसलाई निकाल्न सकेनौँ?” उहाँले जवाफ दिनुभयो, “किनकि तिमीहरूमा विश्वासको कमी छ। तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यस पहाडलाई ‘यहाँबाट त्यहाँ हटिजा’ भन्न सक्छौ, र त्यो हटेर जानेछ। तिमीहरूका लागि कुनै कुरा पनि असम्भव हुनेछैन। तर यस किसिमको चङ्गाइचाहिँ प्रार्थना र उपवासविना हुन सक्दैन।” उहाँहरू गालीलमा भेला भएपछि येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्, र तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” अनि चेलाहरू अत्यन्तै दुःखी भए।
मत्ती 17:14-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँहरू भीड भएको ठाउँमा आउनुभएपछि एक जना मानिसले उहाँको सामु आई घुँड़ा टेकेर भन्यो, “प्रभु, मेरो छोरामाथि दया गर्नुहोस्, किनकि त्यसलाई छारेरोग लागेको छ, र ठूलो कष्ट भोग्दैछ। त्यो कहिले आगोमा पर्छ, कहिले पानीमा पस्छ। मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन्।” तब येशूले भन्नुभयो, “ए अल्पविश्वासी र भ्रष्ट पुस्ता, कहिलेसम्म म तिमीहरूका साथमा रहनेछु? कहिलेसम्म मैले तिमीहरूलाई सहनु? त्यसलाई यहाँ मकहाँ ल्याओ।” येशूले त्यसलाई हकार्नुभयो, र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो। तब चेलाहरूले येशूकहाँ गुप्तमा आएर भने, “हामीहरूले त्यसलाई किन निकाल्न सकेनौं?” उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूका अल्पविश्वासको कारणले हो। साँच्चै, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमा एउटा रायोको दानाजति विश्वास भएदेखि यस डाँड़ालाई ‘यहाँबाट हटिजा’ भन्यौ भने त्यो हटिजानेछ। र तिमीहरूका निम्ति केही असम्भव हुनेछैन। [तापनि यस किसिमको भूतचाहिँ प्रार्थना र उपवासविना निक्लँदैन।”] उहाँहरू गालीलमा भेला हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र मानिसहरूका हातमा सुम्पिइनेछ। अनि तिनीहरूले उसलाई मार्नेछन्, तर तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ।” अनि तिनीहरू अत्यन्त दुःखित भए।

मत्ती 17:14-23 पवित्र बाइबल (NERV)
येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।” येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो। तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।” त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ। ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुःखीत भए।
मत्ती 17:14-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू चेलाहरूसँग मानिसको हुल भएको ठाउँमा फर्की आउनुहुँदा एउटा मानिसले येशूको पाउमा परेर भन्यो, “हजुर, मेरो छोरोलाई दया गर्नुहोस्! छारेरोग लागेकोले उसले असाध्यै दु:ख पाइरहेको छ। ऊ घरीघरी मुर्छा पर्छ र आगो वा पानीमा परिरहन्छ। मैले उसलाई हजुरका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त निको पार्न सकेनन्।” येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिन्जेलसम्म सहिरहने? खै त्यसलाई यता ल्याओ।” अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो। पछि चेलाहरूले येशूलाई एकान्तमा सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?” येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ। [तर त्यस किसिमको भूत त प्रार्थनाद्वारा र उपवास बसेर मात्र निकाल्न सकिन्छ।”] चेलाहरूसँगै गालील क्षेत्रमा रहनुहुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “अब मानव पुत्रलाई पक्रेर मानिसहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” यो सुनेर चेलाहरू खिन्न भए।