येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानअघि बढ्नुभयो। जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, “तिमीहरूका सामुन्नेको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ, जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, त्यसलाई ‘प्रभुलाई यो चाहिएको छ’ भन्नू।” ती अघि-अघि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो, त्यस्तै भेट्टाए। तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसको मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?” तिनीहरूले जवाफ दिए, “प्रभुलाई यो चाहिएको छ।” तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले। उहाँ अघि बढ्दैगर्दा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए। उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूको सम्पूर्ण भीडले आफूहरूले देखेका सबै शक्तिशाली कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे: “प्रभुको नाउँमा जो राजा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा।” भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!” उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने डुङ्गाहरू कराएर उठ्नेछन्।”
लूका 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 19:28-40
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू