येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ। उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्। उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्। येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो। तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।” त्यसले उच्च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, “म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।” येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र परमेश्वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।
लूका 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 18:31-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू