येशूले बाह्रैलाई अलग्गै लगेर भन्नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।” तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। उहाँ यरीहोको नजिक पुग्नुभयो। त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो। एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्यसले सोध्यो। मानिसहरूले त्यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्छ।” तब त्यो यसो भन्दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” अगिअगि हिँड्नेहरूले त्यसलाई चूप लाग् भनेर हप्काए, तर त्यो झन् साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, “तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरूँ?” त्यसले भन्यो, “प्रभु, म देख्न सकूँ”। तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि तुरुन्तै त्यो देख्ने भयो, र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
लूका 18 पढ्नुहोस्
सुन्नुहोस् लूका 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 18:31-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू