त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्। उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।” प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्। येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भीख मागिरहेको थियो। जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?” ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।” त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोहोस्!” मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।” येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो, “तिमीले मबाट के गरिदिएको चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु” येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।” त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
लूकाको सुसमाचार 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूकाको सुसमाचार 18:31-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू