लूका 18:31-43
लूका 18:31-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले बाह्रैलाई अलग्गै लगेर भन्नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ। किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्। तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।” तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। उहाँ यरीहोको नजिक पुग्नुभयो। त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो। एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्यसले सोध्यो। मानिसहरूले त्यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्छ।” तब त्यो यसो भन्दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” अगिअगि हिँड्नेहरूले त्यसलाई चूप लाग् भनेर हप्काए, तर त्यो झन् साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, “तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरूँ?” त्यसले भन्यो, “प्रभु, म देख्न सकूँ”। तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” अनि तुरुन्तै त्यो देख्ने भयो, र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
लूका 18:31-43 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानिसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्। उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उहाँको उपहास गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्। तिनीहरूले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।” प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्। येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसँग भीख मागिरहेको थियो। जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?” ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।” त्यो अन्धो मानिस अत्यन्त हर्षित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोहोस्!” मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड-जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।” येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो, “तिमीले मबाट के गरिदिएको चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु” येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।” त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
लूका 18:31-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले बाह्र जना चेलाहरूलाई एकातिर बोलाएर भन्नुभयो, “सुन, हामी यरूशलेम जाँदै छौं। अगमवक्ताहरूले मानव पुत्रको बारेमा लेखेका सबै कुराहरू अब त्यहाँ पूरा हुनेछन्। ऊ अरू जातिहरूको हातमा पर्नेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, बेइज्जत गर्नेछन्, थुक्नेछन्, कोर्रा लाउनेछन् र मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। यो त तिनीहरूको लागि रहस्य नै भयो। उहाँले के भन्नुभएको हो, तिनीहरूले विचारै गर्न सकेनन्। येशू यरीहो सहरमा पुग्न लाग्नुहुँदा एक अन्धो बाटोको छेउमा बसेर मागिरहेथ्यो। धेरै मानिसहरू गइरहेको थाहा पाएर त्यस अन्धो माग्नेले सोध्यो, “हैन, के हुँदै छ हँ?” मानिसहरूले उसलाई भने, “नासरतका येशू जाँदै हुनुहुन्छ।” यो सुनेर त्यो अन्धाले चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” अघिअघि जानेहरूले उसलाई चुप लाग् भनेर हकारे। तर उसले झन् साह्रो गरी चिच्च्याएर भन्यो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!” हिँड्दाहिँड्दै टक्क अडिएर येशूले ‘उसलाई यहाँ ल्याओ’ भन्नुभयो। त्यो अन्धो माग्ने आयो र येशूले सोध्नुभयो, “तिम्रो लागि मैले के गर्नुपर्छ?” “हजुर, म आँखा देख्न पाऊँ!” अन्धाले बिन्ती चढायो। येशूले भन्नुभयो, “तिम्रो विश्वासले गर्दा अब तिमी आँखा देख्ने भयौ।” त्यति नै खेर ऊ आँखा देख्नेभयो र परमेश्वरको गुण गाउँदै येशूको पछि लाग्यो। यो देखेर अरू मानिसहरूले पनि परमेश्वरको महिमा गरे।
लूका 18:31-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेमतिर जाँदैछौँ। अनि अगमवक्ताहरूले मानिसको पुत्रको विषयमा लेखेका सबै कुरा पूरा हुनेछ। उसलाई गैरयहूदीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई गिल्ला गर्नेछन्, निन्दा गर्नेछन् र थुक्नेछन्। उसलाई कोर्रा लगाउनेछन् र मार्नेछन्। तेस्रो दिनमा ऊ फेरि जीवित भई उठ्नेछ।” चेलाहरूले यी कुराहरू केही पनि बुझेनन्। यसको अर्थ तिनीहरूबाट गोप्य राखिएको थियो, र उहाँले के विषयमा भन्दैहुनुहुन्थ्यो, सो तिनीहरूले बुझेनन्। येशू यरीहो नजिकै पुग्नुहुँदा, एउटा दृष्टिविहीन मानिस बाटोको छेउमा बसेर मागिरहेको थियो। नजिकैबाट भीड गइरहेको आवाज सुनेर त्यसले त्यहाँ के हुँदैछ भनी सोधपुछ गर्यो। तिनीहरूले त्यसलाई भने, “नासरतका येशू जाँदैहुनुहुन्छ।” त्यसले उच्च सोरमा भन्यो, “हे येशू, दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” बाटो देखाउँदै अगि-अगि हिँड्नेहरूले त्यसलाई हप्काएर चुप लाग् भने। तर त्यो झन् चर्को सोरमा करायो, “हे दावीदका पुत्र, ममाथि दया गर्नुहोस्!” येशू टक्क अडिनुभयो, र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा दिनुभयो। त्यो नजिक आएपछि येशूले त्यसलाई सोध्नुभयो, “म तिम्रो निम्ति के गरिदिऊँ भन्ने तिमी चाहन्छौ?” त्यसले भन्यो, “हे प्रभु, म देख्न चाहन्छु।” येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” तुरुन्तै त्यसले आफ्नो दृष्टि पायो, र परमेश्वरको प्रशंसा गर्दै येशूको पछि लाग्यो। जब सबै मानिसहरूले यो देखे, तब तिनीहरूले पनि परमेश्वरको प्रशंसा गरे।