YouVersion लोगो
खोज आइकन

यशैया 26:1-6

यशैया 26:1-6 NCV

त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ। मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्‍वास राख्ने जाति भित्र पसोस्। जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ। सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ। उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ। खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।

यशैया 26 पढ्नुहोस्