YouVersion लोगो
खोज आइकन

यशैया 26:1-6

यशैया 26:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ। मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्‍वास राख्ने जाति भित्र पसोस्। जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ। सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ। उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ। खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।

शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्

यशैया 26:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यो दिन आउँदै छ, जब मानिसहरूले यहूदा देशमा यो भजन गाउनेछन्। हाम्रो सहर बलियो छ! परमेश्‍वर आफैं यसका पर्खालको रक्षा गर्नुहुन्‍छ! सहरका मूल-ढोकाहरू खोल र ठीक काम गर्ने विश्‍वासी जाति प्रवेश गरून्: परमप्रभु, ज-जसले आफ्‍ना मनका अभिप्राय दह्रो राख्‍छन्, र तपाईंमाथि भरोसा राख्‍छन्, तिनीहरूलाई पूर्ण शान्‍ति दिनुहोस्। सधैँभरि परमप्रभुमा भरोसा राख किनभने उहाँ नै सनातनको चट्टान हुनुहुन्‍छ। उहाँले अहङ्कारीहरूलाई होचो पार्नुभएको छ, तिनीहरू बास गरेको बलियो सहर नाश गर्नुभएको छ र त्‍यसलाई ध्‍वस्‍त पारेर धुलोमा मिलाइदिनुभएको छ। अहिले अत्‍याचारमा परेकाहरू त्‍यसमाथि हिँड्छन् र दरिद्रहरूले त्‍यसलाई खुट्टाले कुल्‍ची-मिल्‍ची पार्दछन्।

शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्

यशैया 26:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्‍वरले त्‍यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्‍छ। मूल ढोकाहरू खोल र धार्मिक जाति, अर्थात्‌ विश्‍वास कायम राख्‍ने जाति पस्‍न सकून्‌। जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ। सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्‍छ। उच्‍चमा बस्‍नेहरूलाई उहाँले विनम्र तुल्‍याउनुहुन्‍छ। उच्‍च सहरलाई उहाँले होच्‍याउनुहुन्‍छ। उहाँले त्‍यसलाई जमिनको सतहसम्‍म झारिदिनुहुन्‍छ। उहाँले त्‍यसलाई धूलोमा फालिदिनुहुन्‍छ। खुट्टाले त्‍यसलाई कुल्‍चिन्‍छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्‍चिनेछ।

शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्

यशैया 26:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ। मूलढोकाहरू खोल, र धार्मिक जाति, विश्‍वास राख्ने जाति भित्र पसोस्। जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ। सदासर्वदा याहवेहमा भरोसा राख; किनकि याहवेह, याहवेह नै अनन्तका चट्टान हुनुहुन्छ। उहाँले उच्‍चमा बस्‍नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ। खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्।

शेयर गर्नुहोस्
यशैया 26 पढ्नुहोस्

यशैया 26:1-6 पवित्र बाइबल (NERV)

त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन: परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्। प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्। परमप्रभु तपाईंले मानिसहरूलाई साँच्चो शान्ति दिनुभयो जो तपाईंमाथि आश्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्। यसकारण, सधैँ परमप्रभुमा भरोसा राख। परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ! तर परमप्रभुले अंहकारी शहरहरू नष्ट गर्नुहुनेछ। अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ यो धुलोमा खस्ने छ। तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेष माथि हिँड्ने छन्।