YouVersion लोगो
खोज आइकन

यशैयाको पुस्तक 26:1-6

यशैयाको पुस्तक 26:1-6 NERV

त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन: परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्। प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्। परमप्रभु तपाईंले मानिसहरूलाई साँच्चो शान्ति दिनुभयो जो तपाईंमाथि आश्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्। यसकारण, सधैँ परमप्रभुमा भरोसा राख। परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ! तर परमप्रभुले अंहकारी शहरहरू नष्ट गर्नुहुनेछ। अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ यो धुलोमा खस्ने छ। तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेष माथि हिँड्ने छन्।