YouVersion लोगो
खोज आइकन

यशैया 26:1-6

यशैया 26:1-6 सरल नेपाली

त्‍यो दिन आउँदै छ, जब मानिसहरूले यहूदा देशमा यो भजन गाउनेछन्। हाम्रो सहर बलियो छ! परमेश्‍वर आफैं यसका पर्खालको रक्षा गर्नुहुन्‍छ! सहरका मूल-ढोकाहरू खोल र ठीक काम गर्ने विश्‍वासी जाति प्रवेश गरून्: परमप्रभु, ज-जसले आफ्‍ना मनका अभिप्राय दह्रो राख्‍छन्, र तपाईंमाथि भरोसा राख्‍छन्, तिनीहरूलाई पूर्ण शान्‍ति दिनुहोस्। सधैँभरि परमप्रभुमा भरोसा राख किनभने उहाँ नै सनातनको चट्टान हुनुहुन्‍छ। उहाँले अहङ्कारीहरूलाई होचो पार्नुभएको छ, तिनीहरू बास गरेको बलियो सहर नाश गर्नुभएको छ र त्‍यसलाई ध्‍वस्‍त पारेर धुलोमा मिलाइदिनुभएको छ। अहिले अत्‍याचारमा परेकाहरू त्‍यसमाथि हिँड्छन् र दरिद्रहरूले त्‍यसलाई खुट्टाले कुल्‍ची-मिल्‍ची पार्दछन्।

यशैया 26 पढ्नुहोस्