त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ। मूल ढोकाहरू खोल र धार्मिक जाति, अर्थात् विश्वास कायम राख्ने जाति पस्न सकून्। जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ। सदासर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु, परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। उच्चमा बस्नेहरूलाई उहाँले विनम्र तुल्याउनुहुन्छ। उच्च सहरलाई उहाँले होच्याउनुहुन्छ। उहाँले त्यसलाई जमिनको सतहसम्म झारिदिनुहुन्छ। उहाँले त्यसलाई धूलोमा फालिदिनुहुन्छ। खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्चिनेछ।
यशैया 26 पढ्नुहोस्
सुन्नुहोस् यशैया 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 26:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू