किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु। हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ। यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्। तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो। म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ। हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने। म आफ्नो पापहरूको विषयमा दुःखी छु। मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने। मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें। मैले सुकार्य गर्ने प्रयास मात्र गरें, तर तिनीहरू मेरो विरूद्धमा नैं उठे। हे परमप्रभु, मलाई नत्याग्नु होस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्! चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्! हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!
भजनसंग्रह 38 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 38:15-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू