भजनसंग्रह 38
38
सम्झनाको निम्ति दाऊदको भजन।
1हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्।
तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
2हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ।
तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
3तपाईंले मलाई दण्ड दिनुभयो।
अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ।
मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखीरहे छन्।
4म अधर्म कामहरूको दोषी छु, अनि त्यो दोषको भारी बोकेको छु।
म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
5मैले मूर्ख कामहरू गरें।
अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
6म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु,
म दिनभरि हताश-हताश हुन्छु।
7मलाई ज्वरो आएको छ,
अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
8म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिनँ।
मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
9मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो।
मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
10मेरो मुटु झन्-झन् ढुक्ढुक् गरिरहेको छ।
मेरो बल तुरिन्दै गइरहेको छ, अनि म अन्धो हुन लागिरहेको छु।
11मेरा बिमारीको कारणले गर्दा,
मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्।
मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
12मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्।
तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्।
सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
13तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैनन्।
म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैनन्।
14म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन।
म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ।
15किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु।
हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
16यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्।
तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
17म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु।
म मेरो पीडा बिर्सिन सक्तिनँ।
18हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने।
म आफ्नो पापहरूको विषयमा दुःखी छु।
19मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्,
अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
20मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे
अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें।
मैले सुकार्य गर्ने प्रयास मात्र गरें,
तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
21हे परमप्रभु, मलाई नत्याग्नु होस्।
हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
22चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्!
हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 38: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International