YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:15-22

भजनसंग्रह 38:15-22 NCV

हे याहवेह, म तपाईंकै प्रतीक्षा गर्दछु; हे प्रभु, मेरा परमेश्‍वर, तपाईंले जवाफ दिनुहुनेछ। किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।” किनकि म त ढल्नै लागेको छु; र मेरो पीडा सधैँ मसँग छ। मेरो अधर्म म स्वीकार गर्दछु; मेरो पापको कारण म दुःखित छु। कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्। मेरो भलाइको साटो खराबी गर्दछन्, मैले तिनीहरूको केवल भलाइ गर्न खोज्दा पनि मेरो विरुद्धमा दोष लगाउँछन्। हे याहवेह, मलाई नत्याग्नुहोस्; हे मेरा परमेश्‍वर, मबाट टाढा नहुनुहोस्! हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्!

भजनसंग्रह 38 पढ्नुहोस्