YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:15-22

भजनसंग्रह 38:15-22 सरल नेपाली

तर हे परमप्रभु! म तपाईंमा भरोसा राख्‍दछु। अनि प्रभु! मेरो परमेश्‍वर! तपाईंले मलाई उत्तर दिनुहोस्। मेरा शत्रुहरूलाई मेरा सङ्कष्‍टमा रमाउन नदिनुहोस्! म लडेको छु भनी तिनीहरू घमण्‍डले फुलिन नपाऊन्! मलाई एकोहोरो पीडा भइरहेको छ, म ढल्‍न आँटेको छु। म मेरा पापहरू मानिलिंदछु, तिनले गर्दा म चिन्‍ताले भरिएको छु। मेरा शत्रुहरू हट्टा-कट्टा र बलिया छन्, बिनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्। जसले भलाइका सट्टामा खराबी गर्छन्, तिनीहरू मेरो विरुद्धमा छन् किनभने जे उचित छ, त्‍यो म गर्ने चेष्‍टा गर्छु। हे परमप्रभु, मलाई नछोड्‍नुहोस्! हे मेरा परमेश्‍वर, मदेखि टाढा नहुनुहोस्! प्रभु, मेरा उद्धारक! अहिले मलाई सहायता गर्नुहोस्!

भजनसंग्रह 38 पढ्नुहोस्