YouVersion लोगो
खोज आइकन

लेवीहरूको पुस्तक 23:33-44

लेवीहरूको पुस्तक 23:33-44 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन; सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ। कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ। तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ। “परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौ। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउँनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौ। तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ। “सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ। पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ। प्रत्येक बर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैँ चलिरहनेछ। इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्। किनभने तिमीहरूका सन्तानले जान्न पाउँनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” यसर्थ मोशाले परमप्रभुलाई सम्मान गरिने सबै चाडहरू इस्राएलका मानिसहरूलाई बताइदिए।