YouVersion लोगो
खोज आइकन

लेवीहरू 23:33-44

लेवीहरू 23:33-44 पवित्र बाइबल (NERV)

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन; सातौं महीनाको पन्ध्रौं दिनमा छाप्रो-बासको चाड मनाउनुपर्छ। यो चाड परमप्रभुको निम्ति सात दिनसम्म चली रहनुपर्छ। कसैले यस चाडको पहिलो दिन केही काम गर्नु हुँदैन जब पवित्र सभा गरिनेछ। तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा सात दिनसम्म बलि ल्याउनु पर्छ अनि आठौं दिन तिमीहरूले अर्को पवित्र सभा गर्ने पर्छ। आगोको बलि परमप्रभुलाई चढाउनु पर्छ, तिनीहरू त्यस केही काम गर्नु हुँदैन अनि यो पवित्र सभा हुनेछ। “परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौ। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउँनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौ। तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ। “सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ। पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ। प्रत्येक बर्ष तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड मनाउनु पर्छ। यो चाड सातों महीनामा मनाइनेछ र यो विधि सधैँ चलिरहनेछ। इस्राएलमा जन्मने सबै मानिसहरू सात दिनसम्म ती अस्थायी छाप्रोहरूमा बास बस्नेछन्। किनभने तिमीहरूका सन्तानले जान्न पाउँनेछन्। त्यसै कारण जब मैले इस्राएलीहरूलाई मिश्रको भूमि बाहिर ल्याए, मैले तिनीहरूलाई दक्षिण छाप्रोहरूमा बस्न लगाएँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” यसर्थ मोशाले परमप्रभुलाई सम्मान गरिने सबै चाडहरू इस्राएलका मानिसहरूलाई बताइदिए।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:33-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

छाप्रो-बासको चाड सातौँ महिनाको पन्‍ध्रौँ दिनमा सुरु भएर सात दिनसम्‍म चल्‍नेछ। पहिलो दिन उपासनाको लागि भेला हुनू र कुनै दैनिक काम नगर्नू। हरेक दिन सात दिनसम्‍म होमबलि चढाउनू। आठौँ दिन उपासनाको निम्‍ति फेरि भेला हुनू र होमबलि चढाउनू। त्‍यो उपासनाको दिन हो, तिमीहरूले केही काम नगर्नू। (यी धार्मिक चाडहरू हुन् जब तिमीहरू उपासनाको निम्‍ति भेला हुनेछौ र दिनहुँ चाहिएअनुसार आगोद्वारा चढाइने भेटीहरू, होमबलि, अन्‍नबलि, बलिदानहरू र मद्यबलिहरू चढाएर परमप्रभुलाई आदर गर्नेछौ, सधैँ मान्‍ने पवित्र विश्राम दिनहरूबाहेक यी चाडहरू मान्‍नू अनि तिमीहरूले परमप्रभुलाई बराबर दिने गरेका भाकल पूरा गरी चढाएका र राजीखुसीले चढाएका भेटीहरूबाहेक यी भेटीहरू पनि चढाउनू)। आफ्‍ना खेतका अन्‍न बटुलिसकेपछि सातौँ महिनाको पन्‍ध्रौँ दिनमा सुरु गरेर यो चाड सात दिनसम्‍म मान्‍नू। पहिलो दिन विशेष विश्रामको दिन हुनेछ। त्‍यस दिन आफ्‍ना रूखका सबैभन्दा असल केही फलहरू र खजुरका र पात भएका रूखका हाँगाहरू लिनू र परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नलाई यो धार्मिक चिन्‍ह मान्‍न सुरु गर्नू। सात दिनसम्‍म चाड मनाउनू। तिम्रा सन्‍तानहरूले सधैँभरि आउँदा दिनमा यो नियम पालन गर्नुपर्नेछ। सबै इस्राएलीहरू सात दिनसम्‍म छाप्रोमा बास गर्नेछन् र त्‍यसरी तिम्रा सन्‍तानले परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेखि निकाली ल्‍याउनुहुँदा तिनीहरूलाई साधारण छाप्रोमा बस्‍न लगाउनुभएको थियो भनी जान्‍नेछन्। उहाँ परमप्रभु तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ। यसरी परमप्रभुलाई आदर दिएर धार्मिक चाडहरू मनाउनको निम्‍ति मोशाले इस्राएलीहरूलाई यी नियमहरू दिए।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:33-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाकै पन्‍ध्रौँ दिनदेखि सात दिनसम्‍म परमप्रभुको छाप्रो-वासको चाड़ होस्‌। त्‍यसको पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले दैनिक काम नगर्नू। सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्‍नू, र तिमीहरूले परमप्रभुको निम्‍ति एउटा अग्‍नि-होम चढ़ाउनू। यो समाप्‍त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू। (“ ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌। यी चाड़मा परमप्रभुको निम्‍ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्‍नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू। परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्‍वेच्‍छा भेटीहरूबाहेक यी हुनुपर्छ।) “‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा आफ्‍नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्‌। पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने सात दिनसम्‍म खुशी मनाउनू। तिमीहरूले वर्षमा सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍ताका लागि अनन्‍तको विधि होस्‌। यो तिमीहरूले सातौँ महिनामा मनाउनू। सात दिनसम्‍म तिमीहरू झुप्राहरूमा बस्‍नू। सबै स्‍वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्, र मैले मिश्रबाट निकालेर ल्‍याउँदा तिनीहरूलाई झुप्रामा बस्‍न लाएको थिएँ भनी तिमीहरूका भावी सन्‍तानहरूले जानून्‌। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।” यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:33-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पन्ध्रौँ दिनमा याहवेहको छाप्रोबासको चाड सुरु हुन्छ र यो सात दिनसम्म रहन्छ। पहिलो दिन पवित्र सभा हो। त्यस दिन दैनिक काम नगर्नू। सात दिनसम्म याहवेहकहाँ अग्निबलि चढाउनू। आठौँ दिनमा एउटा पवित्र सभा राख्नू। अनि याहवेहकहाँ अग्निबलि चढाउनू। यो समाप्‍तिको विशेष सभा हो। यस दिन दैनिक काम नगर्नू। (“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्‍नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू। यी बलिहरू याहवेहका शब्बाथका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।) “ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामदिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो। पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्‍वरका सामु सात दिनसम्म आनन्द मनाउनू। यो उत्सव तिमीहरूले याहवेहका निम्ति सात दिनसम्म हरेक वर्ष मनाउनू। भावी पुस्ताका निम्ति यो सदाकालका लागि एक विधि हो। यसलाई तिमीहरूले सातौँ महिनामा मनाउनू। तिमीहरू सात दिनसम्म पालहरूमा बस्‍नू: स्वदेशमा जन्मेका सबै इस्राएलीहरू पालहरूमा बस्‍नू। अनि तिमीहरूका सन्तानले जान्‍नेछन्, कि मैले इस्राएलीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा तिनीहरूलाई पालमा बस्‍न लगाएको थिएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” यसकारण मोशाले इस्राएलीहरूलाई याहवेहका तोकिएका चाडहरू घोषणा गरिदिए।