छाप्रो-बासको चाड सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु भएर सात दिनसम्म चल्नेछ। पहिलो दिन उपासनाको लागि भेला हुनू र कुनै दैनिक काम नगर्नू। हरेक दिन सात दिनसम्म होमबलि चढाउनू। आठौँ दिन उपासनाको निम्ति फेरि भेला हुनू र होमबलि चढाउनू। त्यो उपासनाको दिन हो, तिमीहरूले केही काम नगर्नू। (यी धार्मिक चाडहरू हुन् जब तिमीहरू उपासनाको निम्ति भेला हुनेछौ र दिनहुँ चाहिएअनुसार आगोद्वारा चढाइने भेटीहरू, होमबलि, अन्नबलि, बलिदानहरू र मद्यबलिहरू चढाएर परमप्रभुलाई आदर गर्नेछौ, सधैँ मान्ने पवित्र विश्राम दिनहरूबाहेक यी चाडहरू मान्नू अनि तिमीहरूले परमप्रभुलाई बराबर दिने गरेका भाकल पूरा गरी चढाएका र राजीखुसीले चढाएका भेटीहरूबाहेक यी भेटीहरू पनि चढाउनू)। आफ्ना खेतका अन्न बटुलिसकेपछि सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु गरेर यो चाड सात दिनसम्म मान्नू। पहिलो दिन विशेष विश्रामको दिन हुनेछ। त्यस दिन आफ्ना रूखका सबैभन्दा असल केही फलहरू र खजुरका र पात भएका रूखका हाँगाहरू लिनू र परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नलाई यो धार्मिक चिन्ह मान्न सुरु गर्नू। सात दिनसम्म चाड मनाउनू। तिम्रा सन्तानहरूले सधैँभरि आउँदा दिनमा यो नियम पालन गर्नुपर्नेछ। सबै इस्राएलीहरू सात दिनसम्म छाप्रोमा बास गर्नेछन् र त्यसरी तिम्रा सन्तानले परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रदेखि निकाली ल्याउनुहुँदा तिनीहरूलाई साधारण छाप्रोमा बस्न लगाउनुभएको थियो भनी जान्नेछन्। उहाँ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ। यसरी परमप्रभुलाई आदर दिएर धार्मिक चाडहरू मनाउनको निम्ति मोशाले इस्राएलीहरूलाई यी नियमहरू दिए।
लेवी 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 23:33-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू