परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाकै पन्ध्रौँ दिनदेखि सात दिनसम्म परमप्रभुको छाप्रो-वासको चाड़ होस्। त्यसको पहिलो दिन पवित्र सभा होस्। त्यस दिन तिमीहरूले दैनिक काम नगर्नू। सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू। आठौँ दिनमा तिमीहरूले पवित्र सभा राख्नू, र तिमीहरूले परमप्रभुको निम्ति एउटा अग्नि-होम चढ़ाउनू। यो समाप्त गर्ने सभा हो। तिमीहरूले दैनिक काम नगर्नू। (“ ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्। यी चाड़मा परमप्रभुको निम्ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू। परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्वेच्छा भेटीहरूबाहेक यी हुनुपर्छ।) “‘सातौँ महिनाको पन्ध्रौँ दिनमा आफ्नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्। पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने सात दिनसम्म खुशी मनाउनू। तिमीहरूले वर्षमा सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। यो तिमीहरूका पुस्तौँ-पुस्ताका लागि अनन्तको विधि होस्। यो तिमीहरूले सातौँ महिनामा मनाउनू। सात दिनसम्म तिमीहरू झुप्राहरूमा बस्नू। सबै स्वदेशी इस्राएलीहरूचाहिँ झुप्रामा बसून्, र मैले मिश्रबाट निकालेर ल्याउँदा तिनीहरूलाई झुप्रामा बस्न लाएको थिएँ भनी तिमीहरूका भावी सन्तानहरूले जानून्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’।” यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे।
लेवीहरू 23 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 23:33-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू