YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 30:20-31

अय्यूबको पुस्तक 30:20-31 NERV

“हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन। हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ। मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ। हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो। मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ। मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ। “तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ, त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन। तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रोएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो। जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो। म भित्र कष्ट कहिल्यै रोकिँदैन अनि दुःख भर्खरै शुरू भएको छ। म सधैँ दुःखी र उदासीन छु कुनै चैन छैन। म सहायताको लागि सभामा उभिन्छु। म जङ्गली कुकुर जस्तै र मरुभूमिको शुतुरमुर्ग जस्तै एक्लो भएको छु। मेरो छाला जलेकोछ र उप्किँदैछ। ज्वरोले मेरो शरीर तातो छ। मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।