म तपाईंलाई पुकार्दछु, हे परमेश्वर! तर तपाईंले जवाफ दिनुहुन्न। जब म प्रार्थना गर्दछु, तपाईंले ध्यानै दिनुहुन्न। तपाईं मप्रति निष्ठुर हुनुभएको छ। आफ्नै पूरा शक्तिले तपाईंले मेरो खेदो गर्नुहुन्छ। तपाईंले मलाई हावाले उडाएर लैजान दिनुहुन्छ। प्रचण्ड आँधीमा तपाईंले मलाई उफार्नु र थेचार्नुहुन्छ। म जान्दछु कि तपाईंले मलाई मृत्युको हातमा सुम्पनुहुनेछ, हरेक प्राणी पुग्नुपर्ने ठाउँमा पुर्याउनुहुन्छ। दयाको निम्ति चिच्च्याउन मात्र सक्ने नाश भइसकेको मानिसलाई तपाईं किन हात लाउनुहुन्छ। के कष्ट पाएकाहरूसित म रोइनँ र? के खाँचोमा परेकाहरूसित म दु:खी भइनँ र? मैले आनन्दको आशा गरेको थिएँ, तर दु:ख पो पाएँ, उज्यालोको आशा गरेको थिएँ, तर अँध्यारो पो पाएँ। चिन्ता र पीडाले मलाई धुजाधुजा पार्यो। दु:खको दिनबाहेक अरू मैले केही पाइनँ। म ज्योतिबिना निराशमा हिँड्छु। मद्दतको निम्ति बिन्ती गर्न म सभामा उभिंदछु। म लाटोकोसेराको साथी र स्यालको भाइ बनेको छु। मेरो छाला डढेर कालो भई मरेर जाँदैछ र ज्वरोले मेरो हड्डीसमेत डढाइसक्यो। मेरो वीणा बिलौनामा फेरिएको छ र मेरो बाँसुरीले विलापको गीत गाउँछ।
अय्यूब 30 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 30:20-31
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू