YouVersion लोगो
खोज आइकन

प्रकाश 18:17-24

प्रकाश 18:17-24 सरल नेपाली

एकै घण्‍टामा त्‍यसले सबै गुमाई।” जहाजका कप्‍तानहरू, यात्रीहरू, नावीकहरू र समुद्रमा काम गरी पेट पाल्‍नेहरू सबैले टाढै उभिएर सहरबाट निस्‍केको धुवाँ देखी यसो भन्‍दै कराए, “योजस्‍तो महान् सहर अरू कुनै थिएन!” उनीहरूले टाउकोमा माटो फ्‍याँकी यसो भनेर अझ विलाप गर्दै कराए, “यो सहरमा कस्‍तो आपत् आइलाग्‍यो। यो सहरका धन-सम्‍पत्तिबाट जहाजका मालिकहरू धनी भएका थिए। तर एकै घण्‍टामा त्‍यसका सबै कुरा नष्‍ट भए।” हे स्‍वर्गमा भएका सबै, त्‍यो नाश भएकोमा रमाहट गर। परमेश्‍वरका भक्तहरू, प्रेरित र अगमवक्ताहरू सबै रमाओ किनभने त्‍यसले तिमीलाई जे गरी, त्‍यसको निम्‍ति परमेश्‍वरले त्‍यसलाई दण्‍ड दिनुभएको छ। यसपछि एक शक्तिशाली स्‍वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्‍दै समुद्रमा फ्‍याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्‍याँकिनेछ र त्‍यो फेरि देखापर्नेछैन। वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्‍दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्‍यहाँ हुनेछैन। बत्तीको उज्‍यालो अबदेखि तँमा चम्‍कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्‍वी भरिका व्‍यापारीहरूमा तेरा व्‍यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!” बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्‍वरका सबै भक्तहरूको रगत त्‍यसै सहरमा बगाएको पाइयो। पृथ्‍वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो।

प्रकाश 18 पढ्नुहोस्