किनभने एकै घड़ीमा यति धेरै धन नष्ट भएको छ।” हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढ़ै उभिए, र त्यो महानगरी जलेर निस्केको धूवाँ देखेर यसो भनी कराए, “त्यो महानगरीजस्तो कुन सहर थियो?” अनि तिनीहरूले आ-आफ्ना टाउकामा धुलो हालेर रुँदै र बिलौना गर्दै यसो भनेर कराए, “हाय! हाय! त्यो महानगरी जहाँ समुद्रमा जहाज हुने सबै जना त्यसको सम्पत्तिद्वारा धनी भएका थिए। एकै छिनमा त्यो नष्ट भएको छ। हे स्वर्ग, त्यसको इन्साफमा रमाओ! हे सन्तहरू, प्रेरितहरू र अगमवक्ताहरू, तिमीहरूमाथि गरेका अन्यायको निम्ति परमेश्वरले त्यसको इन्साफ गर्नुभएको छ।” तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्यो फेरि कहिल्यै पाइनेछैन। वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। र कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन। बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए। त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
प्रकाश 18 पढ्नुहोस्
सुन्नुहोस् प्रकाश 18
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 18:17-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू