YouVersion लोगो
खोज आइकन

प्रकाश 18:17-24

प्रकाश 18:17-24 NCV

एकै घण्टामा यति धेरै सम्पत्ति नष्‍ट भए!’ “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्। जब तिनीहरूले त्यो स्त्रीलाई जल्दैगरेको धुवाँ देखे, तब तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् सहरजस्तै अरू सहर कहिल्यै थियो र?’ तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसका समुद्रमा जहाज भएकाहरू त्यस स्त्रीको धनले धनी भएका छन्! एकै घण्टामा त्यो भस्म भएकी छे!’ “हे स्वर्ग, त्यसमाथि रमाओ! हे परमेश्‍वरका जनहरू, प्रेरितहरू र अगमवक्ताहरू हो, रमाओ! तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, त्यसरी नै परमेश्‍वरले त्यसको न्याय गर्नुभएको छ।” तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन। सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन। बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए। त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्‍वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”

प्रकाश 18 पढ्नुहोस्