यी सबै वैभवहरू घण्टा भरमा ध्वंस भयो!’ “प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरू जो जहाजमा यात्रा गर्छन्, नाविकहरू अनि सम्पूर्ण मानिसहरू जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढै रहे। तिनीहरूले त्यो जलेको धुवाँ देखे। तिनीहरूले ठूलो स्वरमा भने, ‘यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!’ तिनीहरूले आफ्ना शिरमा धूलो हाले। तिनीहरूले विलाप गरे अनि अफसोस गरे। तिनीहरूले ठूलो आवजमा भने, ‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरू जसका समुद्रमा जहाजहरू थिए, उसको सम्पत्तिद्वारा धनवान भए! तर घण्टा भरमा त्यसको ध्वंस भयो। हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ! खुशी बन, परमेश्वरका पवित्र मानिसहरू प्रेरितहरू अनि अगमवक्ताहरू। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।’” त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने: “महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ। अनि फेरि कहिल्यै पाइनेछैन। वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन। तेरोमा बत्तीको ज्योति फेरि कहिल्यै चम्कने छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए, समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए। अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्, तिनीहरूको रगतको दोषी छ बेबिलोन।”
यूहन्नालाई भएको प्रकाश 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्नालाई भएको प्रकाश 18:17-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू