YouVersion लोगो
खोज आइकन

प्रकाश 18

18
बेबिलोनको पतन
1यसपछि स्‍वर्गबाट ओर्लिरहेका अर्का एउटा स्‍वर्गदूत मैले देखें। उनको ठूलो अधिकार थियो र उनको तेजले सारा पृथ्‍वी उज्‍यालो भयो। 2#यशैया 21:9; यर्मिया 51:8; प्रकाश 14:8; यशैया 13:21; यर्मिया 50:39उनले जोडले यसो भनेर कराए, “ध्‍वंश भयो! त्‍यो ठूलो बेबिलोन ध्‍वंश भयो! अब शैतानका भूतहरू र अशुद्ध आत्‍माहरू र अनेक घिनलाग्‍दा र फोहोरी पक्षी त्‍यहाँ बस्‍छन् 3#यशैया 23:17; यर्मिया 51:7किनभने सबै जातिहरू त्‍यसको व्‍यभिचारले जाँड पिएर मातेझैँ मातेका छन्। संसारका राजाहरूले त्‍योसित गएर व्‍यभिचार गरे र त्‍यसको नमेटिने अभिलाषा तृष्‍णाले संसारका व्‍यापारीहरू औधी धनी भए।”
4 # यशैया 48:20; यर्मिया 50:8; 51:6,45 यसपछि आकाशबाट यसो भन्‍ने अर्को एउटा सोर मैले सुनें,
“हे मेरा मानिसहरू हो! त्‍यसदेखि अलग होओ।
त्‍यसको पापमा सहभागी नहोओ।
त्‍यसको सजाय तिमीहरूमाथि नपरोस्
5 # उत्‍पत्ति 18:20,21; यर्मिया 51:9 किनभने त्‍यसका पापको थाक आकाशसम्‍म पुगेको छ
र परमेश्‍वरले त्‍यसका सबै दुष्‍ट कामलाई याद गर्नुभएको छ।
6 # भजनसंग्रह 137:8; यर्मिया 50:29 तिमीहरूलाई त्‍यसले जे-जस्‍तो गरेकी छे, त्‍यसलाई त्‍यस्‍तै गर।
तिमीहरूलाई त्‍यसले जेजति गरेकी छे, त्‍यसलाई त्‍यसको दुई गुणा बढी फर्काइदेओ।
तिमीहरूका लागि त्‍यसले तयार गरेकी मद्यभन्दा दुई गुणा कडा मद्य त्‍यसको कचौरामा भरिदेओ।
7 # यशैया 47:7-9 त्‍यसले जति मान-सम्‍मानता, ऐश-आराम गरेकी थिई, त्‍यत्ति नै कष्‍ट र शोक त्‍यसलाई देओ
किनभने त्‍यसले मनमनै भन्‍छे, ‘म त महारानी भएर यहाँ बस्‍छु। म विधवा होइनँ। मलाई शोकपर्नेछैन।’
8यसैले एकै दिनमा त्‍यसमाथि विपत्ति, शोक, रोग, अनिकाल आइपर्नेछ र त्‍यसलाई आगोले डढाउनेछ
किनभने त्‍यसलाई न्‍याय गर्ने परमेश्‍वर शक्तिशाली हुनुहुन्‍छ।”
9 # इजकिएल 26:16,17 त्‍यो सहरलाई डढाउने आगोको धुवाँ देख्‍दा त्‍योसँग व्‍यभिचार गर्ने संसारका राजाहरूले त्‍यसको निम्‍ति विलाप गर्नेछन्। 10तिनीहरूलाई त्‍यसको सजाय नलागोस् भनेर तिनीहरूले टाढै उभिएर यसो भन्‍नेछन्, “बेबिलोनमा के यस्‍तो आपत् आइलाग्‍यो। एकै घण्‍टामा तैँले सजाय पाइस्।”
11 # इजकिएल 27:31,36 संसारका व्‍यापारीहरूले पनि त्‍यसको लागि विलाप गर्छन् किनभने सबैले तिनीहरूको सामान किन्‍नै छोड्छन्। 12#इजकिएल 27:12,13,22कसैले पनि तिनीहरूका सुन, चाँदी, रत्‍न, मोती, असल सुती कपडाका वस्‍तुहरू, बैजनी कपडा, रेशम, सिँदुरे रङ्गका कपडा, अनेक थरीका बिरलै पाइने काठ अनि सबै थरीका हात्तीका दाँतबाट बनेका वस्‍तुहरू, दामी काठ, काँसाका वस्‍तुहरू, फलाम र सिङ्गमरमर किन्‍नेछैनन्। 13दालचिनी, सबै किसिमका मसला, बास्‍ना भएका धूपहरू, मूर्र र सेतो-धूप, मद्य र तेल, मैदा र गहुँ, गाईवस्‍तु, भेडाहरू, घोडा र घोडा-गाडीहरू, कमारा र मानिसहरूसमेत पनि किन्‍नेछैनन्। 14व्‍यापारीहरूले त्‍यसलाई भन्‍नेछन्, “तिमीले इच्‍छा गरेका असल कुराहरू हरायौ। तिम्रो धन-सम्‍पत्ति र मान-मर्यादा सबै नाश भइसके अनि ती सबै कहिल्‍यै पाउनेछैनौ!”
15 # इजकिएल 27:31,36 त्‍यस सहरमा व्‍यापार गरी धनी भएका व्‍यापारीहरू टाढै खडा हुनेछन्, कारण तिनीहरू त्‍यसको डरलाग्‍दो विपत्तिदेखि डराउँछन्। तिनीहरूले विलाप गर्दै यसो भनेर कराउनेछन्, 16“यो सहरको निम्‍ति कस्‍तो डरलाग्‍दो समय आयो!” यसले असल सुती कपडा, बैजनी र सिँन्‍दुरे रङ्गका वस्‍त्रहरू लगाउँथी अनि सुन, बहुमूल्‍य रत्‍न र मोतीको गहना लाउँथी। 17#यशैया 23:14; इजकिएल 27:26-30एकै घण्‍टामा त्‍यसले सबै गुमाई।”
जहाजका कप्‍तानहरू, यात्रीहरू, नावीकहरू र समुद्रमा काम गरी पेट पाल्‍नेहरू सबैले टाढै उभिएर 18#इजकिएल 27:32सहरबाट निस्‍केको धुवाँ देखी यसो भन्‍दै कराए, “योजस्‍तो महान् सहर अरू कुनै थिएन!” 19#इजकिएल 27:30-34उनीहरूले टाउकोमा माटो फ्‍याँकी यसो भनेर अझ विलाप गर्दै कराए, “यो सहरमा कस्‍तो आपत् आइलाग्‍यो। यो सहरका धन-सम्‍पत्तिबाट जहाजका मालिकहरू धनी भएका थिए। तर एकै घण्‍टामा त्‍यसका सबै कुरा नष्‍ट भए।” 20#व्यवस्था 32:43; यर्मिया 51:48हे स्‍वर्गमा भएका सबै, त्‍यो नाश भएकोमा रमाहट गर। परमेश्‍वरका भक्तहरू, प्रेरित र अगमवक्ताहरू सबै रमाओ किनभने त्‍यसले तिमीलाई जे गरी, त्‍यसको निम्‍ति परमेश्‍वरले त्‍यसलाई दण्‍ड दिनुभएको छ।
21 # यर्मिया 51:63,64; इजकिएल 26:21 यसपछि एक शक्तिशाली स्‍वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्‍दै समुद्रमा फ्‍याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्‍याँकिनेछ र त्‍यो फेरि देखापर्नेछैन। 22#इजकिएल 26:13; यशैया 24:8#यर्मिया 7:34; 25:10वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्‍दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्‍यहाँ हुनेछैन। 23बत्तीको उज्‍यालो अबदेखि तँमा चम्‍कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्‍वी भरिका व्‍यापारीहरूमा तेरा व्‍यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!”
24 # यर्मिया 51:49 बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्‍वरका सबै भक्तहरूको रगत त्‍यसै सहरमा बगाएको पाइयो। पृथ्‍वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो।

अहिले सेलेक्ट गरिएको:

प्रकाश 18: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्