YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 30:1-7

भजनसंग्रह 30:1-7 सरल नेपाली

हे परमप्रभु! म तपाईंको प्रशंसा गर्छु किनभने तपाईंले मलाई बचाउनुभयो र मेरा शत्रुहरूलाई हाँसो उडाउन दिनुभएन। हे परमप्रभु! मेरा परमेश्‍वर! मैले तपाईंलाई सहायताको निम्‍ति पुकारें र तपाईंले मलाई निको पार्नुभयो। तपाईंले मलाई मृत्‍युदेखि बचाउनुभयो मैले मृत्‍यु-लोकको बाटो लिएर पाइलो सारेको थिएँ, तर तपाईंले मेरो जीवन फेरि फर्काई ल्‍याउनुभयो। हे उहाँका सबै विश्‍वासी प्रजा हो! परमप्रभुको प्रशंसा गर, परमपवित्रको कामको सम्‍झना गर र उहाँलाई धन्‍यवाद चढाओ! उहाँको रिस थोरै समयको लागि र उहाँको भलाइ जीवनभरिको लागि रहन्‍छन्। राती आँसु झर्ला तर बिहान आनन्‍द आउँछ। मैले आफैंलाई सुरक्षित पाएर भनें, “म कहिल्‍यै हार्नेछैनँ।” परमप्रभु! तपाईं मेरो निम्‍ति भलो हुनुहुन्‍थ्‍यो, पहाडमाथिको गढीले झैँ तपाईंले मेरो रक्षा गर्नुभयो। तर जब तपाईं मदेखि लुक्‍नुभयो, म डराएँ।

भजनसंग्रह 30 पढ्नुहोस्