YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 30:1-7

भजनसंग्रह 30:1-7 NNRV

हे परमप्रभु, म तपाईंका महानताको स्‍तुति गाउनेछु, किनभने तपाईंले मलाई गहिराइदेखि माथि उचाल्‍नुभएको छ, र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन। हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो। हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्‍नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो। हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्‍ति भजन गाओ, र उहाँको पवित्र नाउँको स्‍तुति गर। किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्‍छ, तर उहाँको निगाह आजन्‍म रहन्‍छ, आँसु रातभरि मात्र बग्‍छ, तर बिहान आनन्‍द आउँदछ। सुरक्षित भएको समयमा, “म कहिल्‍यै डग्‍नेछैनँ” मैले भनें। हे परमप्रभु, तपाईंले निगाह गर्नुहुँदा, तपाईंले मेरा पहाड़लाई सुदृढ़ पार्नुभयो। तर जब तपाईंले आफ्‍नो मुहार लुकाउनुभयो, म दु:खित भएँ।