YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 30:1-7

भजनसंग्रह 30:1-7 NCV

हे याहवेह, म तपाईंलाई उच्‍च पार्नेछु; किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ, र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन। हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो। हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ। हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ; उहाँको पवित्र नामको स्तुति गर। किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ; तर उहाँको कृपादृष्‍टि जीवनभरि नै रहन्छ; रुवाइ रातभरि मात्र रहन्छ, तर बिहान आनन्द आइहाल्छ। जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ, “म कहिल्यै ढलपल हुनेछैनँ।” हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्‍टि राख्नुभयो, तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो; तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, म निराश भएँ।

भजनसंग्रह 30 पढ्नुहोस्