हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु, हे मेरा परमेश्वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्। तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्। हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। तपाईंको सत्यताअनुसार जिउन मलाई सिकाउनुहोस् किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्वर हुनुहुन्छ। म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु। हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्ना दया र अटुट प्रेम सम्झनुहोस्। मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्झनुहोस्, हे परमप्रभु!
भजनसंग्रह 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 25:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू