YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:1-7

भजनसंग्रह 25:1-7 पवित्र बाइबल (NERV)

हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु। हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्। यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्। हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्। बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु। हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ। म जवान हुँदा गरेका मेरा ती पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस्। किनभने तपाई असल हुनुहुन्छ, हे प्रभु मलाई सम्झनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! म तपाईंलाई प्रार्थना चढाउँछु, हे मेरा परमेश्‍वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्। तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्। हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्‍न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। तपाईंको सत्‍यताअनुसार जिउन मलाई सिकाउनुहोस् किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ। म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु। हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्‍ना दया र अटुट प्रेम सम्‍झनुहोस्। मेरा जवानीका पापहरू र भुलहरू क्षमा गर्नुहोस्, तपाईंको अटुट प्रेम र भलाइमा मलाई सम्‍झनुहोस्, हे परमप्रभु!

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्‍छु। हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌। तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌। हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌। तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ। हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌। मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, मेरा परमेश्‍वर, म मेरो भरोसा तपाईंमा राख्दछु। म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्‍वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्। हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्, मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्‍वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु। हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्। मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्