YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:1-7

भजनसंग्रह 25:1-7 NNRV

हे परमप्रभु, मेरो मन म तपाईंतिर उचाल्‍छु। हे मेरा परमेश्‍वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्‌, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्‌। तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्‍यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्‌, जो क्षमा दिन नसकिने विश्‍वासघातीहरू हुन्‌। हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, तपाईंको बाटोमा हिँड्‌न मलाई सिकाउनुहोस्‌। तपाईंको सत्‍यतामा मलाई डोर्‍याउनुहोस्‌, र मलाई सिकाउनुहोस्‌, किनकि तपाईं नै मेरा उद्धारका परमेश्‍वर हुनुहुन्‍छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ। हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌। मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्‍मरण नगर्नुहोस्‌, हे परमप्रभु, आफ्‍नो प्रेमअनुसार मेरो सम्‍झना गर्नुहोस्‌, किनकि तपाईं असल हुनुहुन्‍छ।