हे याहवेह, मेरा परमेश्वर, म मेरो भरोसा तपाईंमा राख्दछु। म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्। हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्, मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु। हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्। मेरा जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईं भलो हुनुहुन्छ।
भजनसंग्रह 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 25:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू