YouVersion लोगो
खोज आइकन

हितोपदेश 25:4-8

हितोपदेश 25:4-8 सरल नेपाली

चाँदीबाट खार निकाल र शिल्‍पकारले त्‍यसबाट सुन्‍दर चीज बनाउन सक्‍छ। दुष्‍ट सल्‍लाहकारहरूलाई राजाका छेउबाट अलग राख, तब उनको राज्‍य न्‍यायको कारण कायम हुनेछ। राजाको सामुन्‍ने खडा हुँदा म ठूलो मानिस हुँ भन्‍ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्‍टा नगर। कुनै ठूला मानिसको सामु आफू बसेको ठाउँबाट तल झारिनुभन्दा बरु यता आएर बस भनी माथि आसनमा निम्‍त्‍याइनु असल हो। आफूले देखेको कुरो बताउन अदालततिर चाँडो-चाँडो नदगुर। अर्को गवाहीले झूटो हो भनी प्रमाण दियो भने कसो गर्ने?

हितोपदेश 25 पढ्नुहोस्