YouVersion लोगो
खोज आइकन

हितोपदेश 25:4-8

हितोपदेश 25:4-8 NNRV

चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ। राजाको उपस्‍थितिबाट दुष्‍टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्‍थापित हुनेछ। राजाको उपस्‍थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्‍ने हक नखोज्‌। ठूलाबड़ाका अगि तँलाई तिनले होच्‍याउनुभन्‍दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।” तेरो आँखाले जे देखेको छ, त्‍यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्‍त्‍यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्‍यो भने?