YouVersion लोगो
खोज आइकन

हितोपदेश 25:4-8

हितोपदेश 25:4-8 NCV

चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्। राजाको उपस्थितिबाट दुष्‍ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ। राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर। तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्‍यो भने तिमी के गर्छौ?

हितोपदेश 25 पढ्नुहोस्