YouVersion लोगो
खोज आइकन

हितोपदेश 25:4-8

हितोपदेश 25:4-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

चाँदीको कसर निकालिदे, अनि मात्र कलाकारको निम्‍ति काम लाग्‍ने वस्‍तु निस्‍कन्‍छ। राजाको उपस्‍थितिबाट दुष्‍टहरू निकालिदे, अनि मात्र तिनको सिंहासन धार्मिकताले स्‍थापित हुनेछ। राजाको उपस्‍थितिमा आफैलाई नउचाल्, र महापुरुषहरूका माझमा बस्‍ने हक नखोज्‌। ठूलाबड़ाका अगि तँलाई तिनले होच्‍याउनुभन्‍दा, तिनी आफैले तँलाई यसो भनेको बेस हुनेछ, “यहाँ माथि आऊ।” तेरो आँखाले जे देखेको छ, त्‍यो कुरा हत्तपत्त अदालतमा नलैजा, किनभने अन्‍त्‍यमा तैंले के गर्नेछस्, यदि तेरो छिमेकीले तँलाई लाजमा पार्‍यो भने?

शेयर गर्नुहोस्
हितोपदेश 25 पढ्नुहोस्

हितोपदेश 25:4-8 पवित्र बाइबल (NERV)

यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्। यस्तै प्रकारले, यदि दुष्ट अनि बेईमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ। राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट। एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो। न्यायकर्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।

हितोपदेश 25:4-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्। राजाको उपस्थितिबाट दुष्‍ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ। राजाको उपस्थितिमा तिमीले आफूलाई उच्‍च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर। तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्‍यो भने तिमी के गर्छौ?