YouVersion लोगो
खोज आइकन

अय्‍यूब 19:23-29

अय्‍यूब 19:23-29 सरल नेपाली

कसैले मेरा कुरा सम्‍झेर पुस्‍तकमा लेखिदिए त हुन्‍थ्‍यो! अथवा फलामका हतियारले सधैँ रहने गरी ढुङ्गामा खोपिदिए त हुन्‍थ्‍यो। तर म जान्‍दछु कि मेरो उद्धारकर्ता जीवित हुनुहुन्‍छ र आखिरमा उहाँ नै मेरो पक्षमा खडा हुन आउनुहुनेछ। रोगले मेरो छाला खाइसके पनि यही जीवनमा म परमेश्‍वरलाई देख्‍नेछु। म उहाँलाई आफ्‍नो आँखाले देख्‍नेछु। अनि उहाँ बिरानो हुनुहुनेछैन। मेरो साहस हरायो किनभने तपाईंहरू भन्‍नुहुन्‍छ, “हामी कसरी यिनलाई दु:ख दिन सक्‍छौं?” मलाई पिराउन तपाईंहरूले कुनै न कुनै निहुँ खोजिरहनुहुन्‍छ। तर अब तरवारदेखि डराउनुहोस्, त्‍यो तरवार, जसले पाप गर्नेमाथि परमेश्‍वरको क्रोध ल्‍याउँछ। यसैले तपाईंहरू जान्‍नुहुनेछ कि न्‍याय गर्ने एक जना हुनुहुन्‍छ।

अय्‍यूब 19 पढ्नुहोस्