YouVersion लोगो
खोज आइकन

अय्‍यूब 19:23-29

अय्‍यूब 19:23-29 NNRV

“मेरा वचनहरू शिलामा लेखिएका भए ती चर्मपत्रमा लेखिएका भए, फलामको हतियारले खोपेर सीसाले भरिदिए, अथवा चट्टानमा सधैँको निम्‍ति साक्षी हुनलाई खोपिएको भए हुनेथियो! तर म जान्‍दछु, मेरा उद्धारक जीवित हुनुहुन्‍छ, सबैभन्‍दा अन्‍तिम समयमा उहाँ पृथ्‍वीमा खड़ा हुनुहुनेछ। अनि मेरा छाला नाश गरिसकेपछि, मेरो शरीरमै म परमेश्‍वरलाई देख्‍नेछु। म आफ्‍नै आँखाले उहाँलाई देख्‍नेछु, आफैले नै देख्‍नेछु अरू कसैले होइन। मेरो हृदय मभित्रै कति लालयत बन्‍छ! “यदि तपाईंहरूले मलाई यसो भन्‍नुभयो भने, हामीले उसलाई कसरी लखेट्‌ने? किनकि दु:खका जड़ तिनी आफै हुन्, तपाईंहरू तरवारदेखि होशियार रहनुहोस्, किनकि क्रोधले तरवारद्वारा दण्‍ड ल्‍याउनेछ, र त्‍यहाँ न्‍याय छ भनी तपाईंहरूले जान्‍नुहुनेछ।”