“म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्। म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस्, ताकि सदासर्वदा रहनेछन्। म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा ऊ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ। म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु। म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै परमेश्वरलाई देख्नेछु, अरू कसैले पनि परमेश्वरलाई देख्न सक्दैन। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन। “हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’ तर तिमीहरू आफैं नै तरवारदेखि डराउनु पर्नेछ। किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ। तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”
अय्यूबको पुस्तक 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूबको पुस्तक 19:23-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू