YouVersion लोगो
खोज आइकन

इयोब 19:23-29

इयोब 19:23-29 NCV

“अहो, मेरा शब्दहरू लेखिएको भए, ती एउटा चर्मपत्रमा लेखिएको भए, यदि ती सिसामा फलामको औजारले खोपिएका भए, अथवा सदाको निम्ति चट्टानमा खोपिएको भए हुनेथियो! म जान्दछु मेरा उद्धारकर्ता जीवित हुनुहुन्छ, र उहाँ अन्त्यको दिनमा यस पृथ्वीमा खडा हुनुहुनेछ। अनि मेरो छाला नष्‍ट भइसकेपछि पनि, अझै म मेरो शरीरमा परमेश्‍वरलाई देख्नेछु; म आफैँले उहाँलाई देख्नेछु, मेरो आफ्नै आँखाले—अरू कसैले होइन। मेरो हृदय मभित्र कति इच्छुक हुन्छ! “यदि तपाईंहरूले यसरी भन्‍नुहुन्छ, ‘हामी कसरी त्यसलाई दुःख दिन सक्छौँ; किनकि समस्याको जड त त्यो आफैँ हो,’ तपाईंहरू आफैँमाथि तरवारको डर रहोस्; किनकि क्रोधले तरवारद्वारा दण्ड ल्याउनेछ, र त्यसपछि तपाईंहरूले न्याय छ भनेर जान्‍नुहुनेछ।”

इयोब 19 पढ्नुहोस्