“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे। यो देखेर मोशा छक्कै परे अनि राम्ररी हेर्नलाई त्यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने, ‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्न थाले र उनले हेर्ने साहससम्म पनि गरेनन्। प्रभुले मोशालाई भन्नुभयो, ‘तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको ठाउँ पवित्र छ। मिश्रदेशमा भएका मेरा मानिसहरूले दु:ख-कष्ट भोगेको मैले देखेको छु र तिनीहरूको छटपटी र बिलौना सुनेको छु। म तिनीहरूलाई बचाउन आएको हुँ र यस कामको लागि म तँलाई मिश्रदेशमा पठाउनेछु’। “यिनै मोशा हुन्, जसलाई आफ्नै जातिले यसो भनी त्यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्वर्गदूतद्वारा परमेश्वरले बोल्नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो। उनले नै इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जाँदा मिश्रदेश, लाल समुद्र र उजाड-स्थानहरूमा उनले चालीस वर्षसम्म अचम्मका काम र चिन्हहरू देखाए। उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइका बीचबाट मजस्तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’। इस्राएलीहरू उजाड-स्थानमा सीनै पर्वतको फेदमा भेला हुँदा मोशा तिनीहरूसँगै थिए। स्वर्गदूत सीनै पर्वतमा उनैसँग बोल्ने गर्थे र उनले नै स्वर्गदूतबाट पाएको जिउँदो शिक्षा इस्राएलीहरूलाई सुनाए। “तर हाम्रा पिता-पुर्खाहरूले उनको कुरालाई सुन्दा पनि सुनेनन्, टेर्दा पनि टेरेनन्। मोशालाई छोडेर तिनीहरूले मिश्रदेशमा नै फर्कने इच्छा गरे। तिनीहरूले मोशाका दाजु हारूनलाई यसरी भने, ‘अब हामीलाई आफ्नो देवता बनाएर अघि लैजाऊ। हामीलाई छुटाएर ल्याउने मोशा मरे कि भागे, हामीलाई के थाहा छ र?’ “त्यसपछि तिनीहरूले बाछाको एउटा मूर्ति बनाए र त्यसका अगाडि बलि चढाए। आफ्नै हातले बनाएको मूर्तिको खुसीयाली मा तिनीहरूले भोज लगाए। त्यसकारण परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो र स्वर्गका ग्रह र ताराहरूलाई पुजून् भनेर छोडिदिनुभयो। त्यसको बारेमा धर्मशास्त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्– हे इस्राएली हो! तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा जुन बलि चढायौ, त्यो त मेरो लागि थिएन। तिमीहरूले मोलेख भन्ने देवताको पाल बोकेर लग्यौ अनि रेफन देवता भन्ने ताराको मूर्ति पनि ल्यायौ। तिनीहरू तिमीहरूले नै बनाएका मूर्तिहरू थिए। त्यसैकारण म तिमीहरूलाई दण्ड दिन बेबिलोनपारिसम्म पनि पठाउनेछु।
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:30-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू