प्रेरित 7
7
स्तिफनसको सन्देश
1प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?”
2 #
उत्पत्ति 12:1
स्तिफनसले जवाफ दिँदै भने, “हे मेरा दाजुभाइ र बुबाहरू हो, मैले भनेको सुनिदिनु होला– हाम्रा पुर्खा अब्राहाम हारान भन्ने ठाउँमा जानुभन्दा अघि मेसोपोटामिया भन्ने देशमा बस्थे। त्यहीँ उनलाई ठूलो महिमामा बास गर्नुहुने परमेश्वरले दर्शन दिनुभयो। 3परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘आफ्नो देश र कुटुम्बलाई छोड् अनि मैले तँलाई देखाउने देशमा जा’। 4#उत्पत्ति 11:31; उत्पत्ति 12:4त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो। 5#उत्पत्ति 12:7; 13:15; 15:18; 17:8त्यस बेला परमेश्वरले अब्राहामलाई यस देशमा आफ्नो पाइलो राख्नेसम्म जमिन पनि दिनुभएन। तर परमेश्वरले ‘यो देश तँ र तेरा सन्तानलाई दिनेछु’ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा गर्नुहुँदा अब्राहामका छोरा-छोरी नै भएका थिएनन्। 6#उत्पत्ति 15:13,14परमेश्वरले अब्राहामलाई अझै भन्नुभयो, ‘तेरा सन्तानहरू विदेशमा गएर बस्नेछन्। त्यहाँका मानिसहरूले तिनीहरूलाई कमारा बनाउनेछन् र चार सय वर्षसम्म ठूलो दु:ख दिनेछन्। 7#प्रस्थान 3:12तर तिनीहरूलाई कमारो बनाउने मानिसहरूलाई म दण्ड दिनेछु। त्यसपछि तिनीहरू त्यस देशबाट निक्लनेछन् र यहाँ आएर मेरो सेवा र आराधना गर्नेछन्’।
8 #
उत्पत्ति 17:10-14;
उत्पत्ति 21:2-4;
उत्पत्ति 25:26;
उत्पत्ति 29:31—35:18
“अनि परमेश्वरले अब्राहामसँग वाचा बाँध्नुभयो र त्यस वाचाको सम्झना गराउनका लागि शरीरमा खतना गर्ने आज्ञा दिनुभयो। त्यसपछि अब्राहामका छोरा इसहाकको जन्म भयो। अब्राहामले आफ्नो छोरालाई जन्मेको आठौँ दिनमा खतना गरिदिए। इसहाकले आफ्नो छोरा याकूबलाई अनि याकूबले पनि आफ्ना बाह्रै छोराहरूलाई शरीरको खतना गरिदिए। अब यिनीहरू नै हाम्रा बाह्र कुलका पुर्खा हुन आएका हुन्।
9 #
उत्पत्ति 37:11;
उत्पत्ति 37:28;
उत्पत्ति 39:2,21 “याकूबका छोरा योसेफलाई अरू दाजुभाइहरूले डाह गर्थे। तिनीहरूले योसेफलाई मिश्रदेशका मानिसहरूका हातमा बेचिदिए र उनी कमारा भए। तर परमेश्वर योसेफसँग हुनुहुन्थ्यो। 10#उत्पत्ति 41:39-41परमेश्वरले तिनलाई सबै दु:खबाट छुटाउनुभयो। जब योसेफ मिश्रका राजा फारोका अघि आए, तब परमेश्वरले उनलाई सुबुद्धि र असल विचार दिनुभयो। यो देखेर फारोले उनलाई मिश्रदेशको बडा-हाकिम बनाए। त्यस बेलादेखि दरबारमा योसेफको हुकुम चल्न लाग्यो।
11 #
उत्पत्ति 42:1,2 “त्यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्ने कनान देशभरि अनिकाल पर्यो। त्यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्यौली मानिसहरूले अन्न नै पाएनन्। 12मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर याकूबले आफ्ना छोराहरूलाई पहिलोपल्ट त्यस देशमा पठाए। 13#उत्पत्ति 45:1; उत्पत्ति 45:16उनीहरू दोस्रोपल्ट अन्न किन्न जाँदा योसेफले आफैंलाई आफ्नो दाजुभाइका अघि चिनाए। त्यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो। 14#उत्पत्ति 45:9,10,17,18; उत्पत्ति 46:27योसेफले आफ्ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्यसो हुँदा याकूब आफ्नो जम्मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए। 15#उत्पत्ति 46:1-7; उत्पत्ति 49:33यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्यहीँ मरे। 16#उत्पत्ति 23:3-16; 33:19; 50:7-13; यहोशू 24:32उनीहरूका लाश लगिए र शकेम भन्ने ठाउँमा गाडिए। त्यो जग्गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए।
17 #
प्रस्थान 1:7,8 “परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्ख्या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो। 18आखिरमा योसेफलाई नचिन्ने एक जना नयाँ राजाले मिश्रदेशमा राज्य गर्न थाले। 19#प्रस्थान 1:10,11; प्रस्थान 1:22तिनले हाम्रा पिता-पुर्खाको विरोधमा जाल रचे र तिनीहरूलाई अत्याचार गरे। तिनले इस्राएलीहरूका बालकहरूलाई मरून् भनेर जन्मनासाथ जबरजस्ती घरदेखि बाहिर फाल्न लाउँथे।
20 #
प्रस्थान 2:2
“त्यसै समयमा मोशाको जन्म भयो। उनलाई परमेश्वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्म घरमै लुकाएर पाले। 21#प्रस्थान 2:3-10तर पछि लुकाउन नसकेर घरबाहिर राख्दा फारोकी छोरीले उनलाई लगेर आफ्नै छोरो बनाएर पालिन्। 22उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए।
23 #
प्रस्थान 2:11-15
“जब मोशा चालीस वर्ष पुगे, उनले आफ्ना इस्राएली जातिलाई भेट्ने इच्छा गरे। 24एक दिन उनले एउटा मिश्रीले एउटा इस्राएलीलाई पिटिरहेको देखे। उनले त्यस इस्राएलीको रक्षा गरे र बदला लिएर मिश्रीलाई मारे। 25परमेश्वरले मोशाद्वारा नै इस्राएलीहरूलाई छुट्कारा दिन लाग्नुभएको छ भनी आफ्नै मानिसहरूले बुझ्लान् भन्ने मोशाले सोचेका थिए। तर तिनीहरूले यो कुरा बुझेनन्।
26“भोलिपल्ट मोशाले दुई जना इस्राएली नै कुटाकुट गरिरहेका देखे। तिनीहरूलाई मिलाउने कोसिस गर्दै उनले भने, ‘तिमीहरू दाजुभाइ भएर पनि किन यसरी आपसमा झगडा गर्छौ?’ 27तर हेप्ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो? 28हिजो त्यस मिश्रीलाई मारेजस्तै के मलाई पनि मार्न खोज्छस्?’ 29#प्रस्थान 18:3,4यस्तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्ने देशमा बसोबास गर्न लागे। त्यहाँ रहँदा-बस्दा उनका दुईटा छोरा भए।
30 #
प्रस्थान 3:1-10
“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे। 31यो देखेर मोशा छक्कै परे अनि राम्ररी हेर्नलाई त्यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने, 32‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्न थाले र उनले हेर्ने साहससम्म पनि गरेनन्। 33प्रभुले मोशालाई भन्नुभयो, ‘तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको ठाउँ पवित्र छ। 34मिश्रदेशमा भएका मेरा मानिसहरूले दु:ख-कष्ट भोगेको मैले देखेको छु र तिनीहरूको छटपटी र बिलौना सुनेको छु। म तिनीहरूलाई बचाउन आएको हुँ र यस कामको लागि म तँलाई मिश्रदेशमा पठाउनेछु’।
35 #
प्रस्थान 2:14
“यिनै मोशा हुन्, जसलाई आफ्नै जातिले यसो भनी त्यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्वर्गदूतद्वारा परमेश्वरले बोल्नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो। 36#प्रस्थान 7:3; प्रस्थान 14:21; गन्ती 14:33उनले नै इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जाँदा मिश्रदेश, लाल समुद्र र उजाड-स्थानहरूमा उनले चालीस वर्षसम्म अचम्मका काम र चिन्हहरू देखाए। 37#व्यवस्था 18:15,18उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइका बीचबाट मजस्तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’। 38#प्रस्थान 19:1—20:17; व्यवस्था 5:1-33इस्राएलीहरू उजाड-स्थानमा सीनै पर्वतको फेदमा भेला हुँदा मोशा तिनीहरूसँगै थिए। स्वर्गदूत सीनै पर्वतमा उनैसँग बोल्ने गर्थे र उनले नै स्वर्गदूतबाट पाएको जिउँदो शिक्षा इस्राएलीहरूलाई सुनाए।
39“तर हाम्रा पिता-पुर्खाहरूले उनको कुरालाई सुन्दा पनि सुनेनन्, टेर्दा पनि टेरेनन्। मोशालाई छोडेर तिनीहरूले मिश्रदेशमा नै फर्कने इच्छा गरे। 40#प्रस्थान 32:1तिनीहरूले मोशाका दाजु हारूनलाई यसरी भने, ‘अब हामीलाई आफ्नो देवता बनाएर अघि लैजाऊ। हामीलाई छुटाएर ल्याउने मोशा मरे कि भागे, हामीलाई के थाहा छ र?’
41 #
प्रस्थान 32:2-6
“त्यसपछि तिनीहरूले बाछाको एउटा मूर्ति बनाए र त्यसका अगाडि बलि चढाए। आफ्नै हातले बनाएको मूर्तिको खुसीयाली मा तिनीहरूले भोज लगाए। 42#आमोस 5:25-27त्यसकारण परमेश्वरले तिनीहरूलाई त्याग्नुभयो र स्वर्गका ग्रह र ताराहरूलाई पुजून् भनेर छोडिदिनुभयो। त्यसको बारेमा धर्मशास्त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्–
हे इस्राएली हो!
तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा
जुन बलि चढायौ, त्यो त मेरो लागि थिएन।
43तिमीहरूले मोलेख भन्ने देवताको पाल बोकेर लग्यौ
अनि रेफन देवता भन्ने ताराको मूर्ति पनि ल्यायौ।
तिनीहरू तिमीहरूले नै बनाएका मूर्तिहरू थिए।
त्यसैकारण म तिमीहरूलाई दण्ड दिन बेबिलोनपारिसम्म पनि पठाउनेछु।
44 #
प्रस्थान 25:9,40 “उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्वरको उपस्थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्यो पवित्र पालचाहिँ परमेश्वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए। 45#यहोशू 3:14-17परमेश्वरले यो देशमा बस्ने अरू जातिका मानिसहरूलाई खेद्नुभयो र यहोशूले यो देश जितेर लिंदा उनीहरूले त्यो पवित्र पाल यस देशमा ल्याए। त्यसपछि राजा दाऊदको पालासम्म त्यो पवित्र पाल उनीहरूसँगै रहिरह्यो। 46#2 शमूएल 7:1-16; १ इतिहास 17:1-14राजा दाऊद परमेश्वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्वरलाई ‘तपाईंको वासस्थान बनाउन पाऊँ’ भनी बिन्ती गरे। 47#१ राजा 6:1-38; २ इतिहास 3:1-17उनका छोरा सोलोमनले त्यो मन्दिर बनाए।
48“तर महान् परमेश्वर त मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न। जसरी अगमवक्ताले पनि भनेका छन्–
49 #
यशैया 66:1,2 परमेश्वर भन्नुहुन्छ,
‘स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान हो।
तब तिमीहरूले मेरो लागि कस्तो खालको मन्दिर बनाउँछौ?
मेरो विश्राम गर्ने ठाउँ कहाँ छ?
50के यी सबै कुरा मैले नै बनाएको होइनँ र?’
51 #
यशैया 63:10
“तपाईंहरूको हृदय अन्यजातिको जस्तै कठोर भएको छ र तपाईंहरू परमेश्वरको सन्देश सुन्न चाहनुहुन्न। आफ्ना पिता-पुर्खाले जस्तै तपाईंहरूले पनि पवित्र आत्माले देखाउनुभएको कुरालाई कहिल्यै पनि मान्नुहुन्न। 52के तपाईंहरूका पिता-पुर्खाले नसताएको कुनै अगमवक्ता होलान् र? परमेश्वरका पवित्र सेवक आउँदै हुनुहुन्छ भनेर खबर सुनाउने अगमवक्ताहरूलाई समेत तिनीहरूले मारे। तपाईंहरूले चाहिँ आउनुभएका पवित्र सेवकलाई नै धोखा दिएर मार्नुभयो। 53तपाईंहरूले स्वर्गदूतहरूको हातद्वारा परमेश्वरको व्यवस्था त पाउनुभएको थियो, तर त्यसलाई पालन गर्नुभएन।”
स्तिफनसलाई ढुङ्गाले हानेर मारिएको
54स्तिफनसको कुरा सुनेर महासभामा बसेका मानिसहरू रिसले आगो भए र तिनीहरूले स्तिफनसलाई दाह्रा किट्न लागे। 55तर स्तिफनसले पवित्र आत्माबाट भरपूर भएर स्वर्गतिर हेरे। उनले परमेश्वरको शक्तिशाली महिमा देखे, येशू पनि उहाँको दाहिनेपट्टि हुनुहुन्थ्यो। त्यहाँ उनले परमेश्वर र उहाँको दाहिनेपट्टि येशूलाई ठूलो महिमामा बास गर्नुभएको देखे। 56उनले भने, “हेर, म स्वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देख्तै छु।” 57त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे। 58तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्नो कोट फुकालेर शाऊल भन्ने ठिटाको जिम्मा लगाई स्तिफनसलाई ढुङ्गाले हिर्काउन लागे। 59तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।” 60त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।
अहिले सेलेक्ट गरिएको:
प्रेरित 7: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.